अफगानिस्तान हेरात मस्जिदमा विस्फोट : धर्मगुरु मुल्ला मुजिबसहित १४ को मृत्यु

नेपालभ्युज

अफगानिस्तान हेरात मस्जिदमा विस्फोट : धर्मगुरु मुल्ला मुजिबसहित १४ को मृत्यु

काठमाडौं। अफगानिस्तानको हेरात प्रान्तमा शुक्रबार नमाज पढिरहेका बेला ठूलो विस्फोट भएको छ । यसमा तालिबानका सबैभन्दा ठूला धर्मगुरु मुल्ला मुजिब उर रहमान अंसारी मारिएका छन् । घटना गाजारघ शहरको हो । अघिल्लो महिना पनि तालिबानका एक ठूला नेता मारिएका थिए । यो हमलाको पछाडि आइएसआइएसको खुरासान ग्रुपको हात भएको अनुमान गरिएको छ । तालिबानले यसबारे हालसम्म कुनै जानकारी दिएको छैन ।

मिडिया रिपोर्टका अनुसार गाजाघरको मस्जिदमा जम्मा दुईवटा विस्फोट भए । यतिबेला नमाज चलिरहेको थियो । मुल्ला मुजिब नै यो मस्जिदका मुख्य इमाम थिए । विस्फोट उनको अगाडिको लाइनमा भएको थियो । हमला दुईजना व्यक्तिले गराएको अनुमान छ ।

दोस्रो हमला मानिसहरू बाहिर भागिरहेका बेला भएको थियो । केही रिपोर्टका अनुसार मुल्ला मुजिब केही घण्टापछि हेरातमा एक इकोनोमिक कन्फरेन्समा उपस्थिति जनाएपछि सीधै मस्जिद पुगेका थिए । यसबारे अंसारीका सेक्रेटरीले कुनै जानकारी दिन अस्वीकार गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved