मापदण्डविपरीतका संरचना दशैंसम्म हटाउन ललितपुर महानगरको अल्टिमेटम

टोल-टोलमा महानगरपालिकाको माइकिङ

नेपालभ्युज

मापदण्डविपरीतका संरचना दशैंसम्म हटाउन ललितपुर महानगरको अल्टिमेटम

ललितपुर । ललितपुर महानगरपालिकाले मापदण्डविपरीत र नक्साविपरीत बनाइएका संरचना दशैंसम्म भत्काउन निर्देशन दिएको छ । महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन भनेको छ ।

ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार टोल–टोलमा गएर अनधिकृतरूपमा निर्माण भएका संरचनाहरु दशैंसम्म हटाउन माइकिङ गरेको हो । ‘हाम्रो महानगरमा ठूला मलहरू धेरै छैनन्, अनधिकृत संरचनाहरु, निर्माण भएको, फुटपाथ ओगटेको संरचना पनि धेरै छैनन् । केही छन् भने दशैंसम्म हटाउन निर्देशन दिएका छौं, मानेनन् भने हाम्रो नगर प्रहरी गएर हटाउँछ’ हाछेथुले भने ।

ललितपुर महानगरपालिकाले लगनखेलस्थित आफ्नै भवनको नियमविपरीत बनाएको संरचना हटाएर अनधिकृत संरचना हटाउने अभियान सुरु गरेको छ । ठेक्कामा दिएको उक्त भवनमा फुटपाथसम्म ओगटेर नियमविपरीत क्वालिटी क्याफे सञ्चालनमा थियो ।

नगर प्रहरी प्रमुख हाछेथुले फुटपाथ ओगट्नेलाई पत्र नकाटी पनि कारबाही गर्न मिल्ने भएकाले बिहान नगर प्रहरीको टोलीले भत्काएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved