होर्डिङ बोर्ड पनि हटाउँदै काठमाडौं महानगरपालिका, त्रिपुरेश्वरबाट अभियान सुरु

नेपालभ्युज

होर्डिङ बोर्ड पनि हटाउँदै काठमाडौं महानगरपालिका, त्रिपुरेश्वरबाट अभियान सुरु

काठमाडौं । नक्सा पास नभएका र मापदण्डविपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले अब होर्डिङ बोर्ड पनि हटाउने भएको छ ।

महानगरले मापदण्डविपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, महानगरपालिकाको अनुमतिबिना राखिएका डिजिटल बोर्ड हटाउन लागेको हो ।

त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यसका लागि महानगरको टोली त्रिपुरेश्वर गएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved