चोलेन्द्रले भने, प्रमाणको आधारमा न्यायाधीशले फैसला गर्ने हो, बिचौलियाको कुरा सुनेर होइन

अदालतमा बिचौलियालाई प्रवेश नदिइएको उनले दाबी गरे। उनले भने, ‘‘पक्ष विपक्षको बहस र प्रमाणको आधारमा न्यायाधीशले फैसला गर्ने हो, बिचौलियाको कुरा सुनेर होइन।’’

नेपालभ्युज

चोलेन्द्रले भने, प्रमाणको आधारमा न्यायाधीशले फैसला गर्ने हो, बिचौलियाको कुरा सुनेर होइन

काठमाडौं। सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो पालामा अदालतमा भ्रष्टाचार बढ्यो भन्ने आरोपको अस्वीकार गरेका छन्। अदालतमा भ्रष्टाचार र बिचौलिया बढे भन्ने आरोप लगाउन सजिलो भए पनि शतप्रतिशत झूटो रहेको दाबी गरे।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधवार बयान दिँदै जबराले प्रधानन्यायाधीशले अदालतमा भ्रष्टाचार बढ्यो भन्दै हिँड्दा अराजकता निम्तिने समेत चेतावनी दिए।

अदालतमा बिचौलियालाई प्रवेश नदिइएको उनले दाबी गरे। उनले भने, ‘‘पक्ष विपक्षको बहस र प्रमाणको आधारमा न्यायाधीशले फैसला गर्ने हो, बिचौलियाको कुरा सुनेर होइन।’’

झण्डै साढे १२ बजेदेखि शुरू भएको बयान आज सकिएन । उनलाई भोलि बिहीबार फेरि बोलाइएको छ । चोलेन्द्रलाई सोध्न समितिले ४३ वटा प्रश्न तयार गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved