प्रधानन्यायाधीश राणा बयान दिन महाअभियोग सिफारिस समितिमा जाँदै

महाअभियोग सिफारिस समितले ४ वटा विषयमा २१ बुँदे आरोप लगाएकाले जबराले बुँदागत रुपमै बयान दिने तयारी गरेका छन् । जबराले लिखित धारणासहित मौखिक जवाफ पनि दिने तयारी गरेका छन् ।

नेपालभ्युज

प्रधानन्यायाधीश राणा बयान दिन महाअभियोग सिफारिस समितिमा जाँदै

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आज बुधबार महाअभियोग सिफारिस समितिमा बयान दिन जाँदैछन् । विहान ११ बजे सिँहदरबारमा बस्ने बैठकमा राणा आफूमाथि लागेका आरोपबारे जवाफ दिन जान लागेका हुन् ।

समितले ४ वटा विषयमा २१ बुँदे आरोप लगाएकाले जबराले बुँदागत रुपमै बयान दिनेछन् । जबराले लिखित धारणासहित मौखिक जवाफ पनि दिने तयारी गरेका छन् ।

संविधानको धारा १०१ मा भएको व्यवस्था अनुसार संविधान र कानूनको गम्भीर उल्लंघन, कार्यक्षमताको अभाव, खराब आचरण, इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधार देखिएमा महाभियोगको आरोप पुष्टि हुनेछ । जबरामाथि जबरामाथि सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिका क्रममा संविधानको आफू अनुकुल व्याख्या गरेको आरोप छ ।

यस्तै श्रीमतीको हत्या गरेका पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दामा कैद मिनाहाको राय तयार गर्ने क्रममा न्यायका मान्य सिद्धान्त र कानूनको गलत व्याख्या गरेको पनि आरोप लागेको छ ।

आफन्तलाई मन्त्री बनाउन सरकारसँग सौदाबाजी गरेको अर्को आरोप रहेको छ । यस्तै, प्रधानन्यायाधीश जबरामाथि न्यायसम्पादनका क्रममा भ्रष्टाचार गरेको आरोप पनि लागेको छ । जबरासँग भएको सम्पत्ति पनि अस्वभाविक रहेको देखिएको छ । उनको कमाई र जोडेको सम्पत्ति हेर्दा पनि केहि जबराले केहि गलत गरेको स्वतह पुष्टि हुने समितिका एक सदस्यको भनाई छ ।

जबरामाथि सर्वोच्च अदालतको भवन निर्माणमा अनावश्यक रुची राखेको आरोप पनि छ । यस्तै प्रधानन्यायाधीश जबरामाथि न्यायका आधारभूत मूल्य मान्यता र पद्धति पनि लत्याएको आरोप छ ।

नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाविचको घुस लेनदेन सम्बन्धी फोनवार्तामा प्रधानन्यायाधीश जबरासमेत जोडिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved