जलवायु परिवर्तनको असर:  केहि ठाउँमा बर्खामै खडेरी, कतै दिनदिनै मुसलधारे पानी

यो मनसुनमा मधेस प्रदेश, कर्णाली, सुदूरपश्चिमका केही ठाउँमा यस वर्ष ज्यादै कम पानी परेको छ भने प्रदेश १, बाग्मती, गण्डकीका केही ठाउँमा निरन्तर ठूलो पानी परिरहेको छ ।

नेपालभ्युज

जलवायु परिवर्तनको असर:  केहि ठाउँमा बर्खामै खडेरी, कतै दिनदिनै मुसलधारे पानी
सांकेतिक तश्वीर

काठमाडौं। नेपालमा जलवायु परिवर्तनको ठूलो असर देखिन थालेको छ । यो समय मनसुन सक्रिय भएर धेरैजसो ठाउँमा वर्षा हुनुपर्ने भए पनि यस वर्ष त्यस्तो वर्षा नभएको मौसमविद् राजु प्रधानाङ्गले बताए । पानी पर्दा पनि कुनै विशेष ठाउँमा ठूलो पानी पर्ने र त्यसको आसपासको ठाउँमा सुक्खा हुने गरेको उनको भनाइ छ ।

यो मनसुनमा मधेस प्रदेश, कर्णाली, सुदूरपश्चिमका केही ठाउँमा यस वर्ष ज्यादै कम पानी परेको छ भने प्रदेश १, बाग्मती, गण्डकीका केही ठाउँमा निरन्तर ठूलो पानी परिरहेको छ । अघिल्ला वर्षहरूमा सामान्यतया सबैतिर एकैनासले मनसुन सक्रिय हुने गरेकोमा यो वर्ष कतै सुक्खा र कतै धेरै पानी परिरहेको मौसमविद् प्रधानाङ्गले बताए । यसका कारण केही ठाउँमा बाढी, पहिरोको जोखिम र केही ठाउँमा सुक्खाको चिन्ता बढेको छ ।

जलवायु परिवर्तनका कारण खण्डवृष्टिको जोखिम बढ्ने चेतावनीका बीच नेपालमा मनसुनी सक्रियता पनि त्यस्तै देखिन थालेको जलवायुविज्ञहरू बताउँछन् ।

मनसुन सक्रिय भएर निरन्तर पानी पर्ने समय भएपनि अबका केही दिन देशका धेरैजसो ठाउँमा पानी कम पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदरभन्दा केही उत्तरतर्फ रहे पनि पानी भने कम पर्ने देखिएको मौसमविद् राजु प्रधानाङ्गले बताए ।।

आज बुधवार र भोली बिहीवार  बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना भए पनि बाँकी ठाउँमा पानी पर्ने सम्भावना कम रहेको महाशाखाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved