मलेसियापछि इन्डोनेसियामा पनि भूकम्प

नेपालभ्युज

मलेसियापछि इन्डोनेसियामा पनि भूकम्प

काठमाडौं। इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.४ म्याग्‍निच्यूडको शक्तिशाली भूकम्प गएको त्यहाँको मौसम विज्ञान, जलवायु तथा भूभौतिक निकायले जानकारी दिएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान १०ः २९ मा भूकम्प गएको बताइएको छ । भूकम्पको केन्द्रविन्दु कराउआन मेन्तावाई जिल्लाको ११६ किलोमिटर उत्तरमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

यसअघि, मलेसियाको राजधानी क्वालालम्पुरबाट दक्षिण-पश्चिम क्षेत्रलाई केन्द्र बिन्दु बनाएर ६ दशमलव १ म्याग्‍निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण आएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved