काठमाडौंमा देखियो सेतोपंखे

काठमाडौँ उपत्यकामा सेतोपंखे फ्यालफ्याले चरा देखा परेको छ। विरलै मात्र देखा पर्ने यो चरा कहिलेकाहीँ नेपालको बाटो भएर भारत र बंगलादेशको समुद्री तटतिर जाने गर्दछ।

नेपालभ्युज

काठमाडौंमा देखियो सेतोपंखे

काठमाडौं। काठमाडौँ उपत्यकामा सेतोपंखे फ्यालफ्याले चरा देखा परेको छ। विरलै मात्र देखा पर्ने यो चरा कहिलेकाहीँ नेपालको बाटो भएर भारत र बंगलादेशको समुद्री तटतिर जाने गर्दछ।

सन् १९८१ को मे मा पोखराको फेवातालमा एन क्राबेले नेपालकै लागि पहिलोचोटी अभिलेख गरेका थिए। त्यसपछि विभिन्न समयमा विभिन्न व्यक्तिहरूले विभिन्न स्थानमा अभिलेख गरेको पाइन्छ। पहिलो पटक अभिलेख भएका ठाउँ कोसी टापु ईन्स्कीप र ईन्स्कीप (१९८२०) मधुवन सुनसरी लामा (अप्रिल १९९४) चितवन राष्ट्रिय निकुञ्ज (बराल र उपाध्याय २००६) रेड डाटाले उल्लेख गरेको छ।

काठमाडौं उपत्यकाको हकमा भने पहिलोचोटी सन् १९८० को शुरूआततिरै देखिएको उल्लेख गरेको छ। उक्त समयदेखि लगभग ४२ वर्षपछि सन् २०२२ को अगस्ट २३ का दिन विमल थापा, सोम जिसी, हेमबहादुर कटुवाल, कमल थापा, युविन श्रेष्ठ, दीपक बुढाथोकी, सञ्जय श्रेष्ठ र जय भण्डारीको समूहले काठमाडौँको विष्ट गाउँ नजिक मनोहरा खोलामा अभिलेख गर्न सफल भएका छन्।

रेड डाटामा भने कुनै आधिकारिक व्यक्ति र मिति नतोकिएको हुँदा यो नै काठमाडौँ उपत्यकाको लागि पहिलो अभिलेख हुनसक्ने चराविद्हरूको धारणा रहेको छ। कतिपय अभिलेखहरू पूर्ण नभएको हुँदा चराविद्हरूले उपयुक्त तथ्याङ्कका लागि गम्भीर अध्ययन र अनुसन्धानको खाँचो रहेको कुरा औँल्याएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved