दुबईबाट आएका भारतीयको भित्री कपडा खोल्दा ७७७ ग्राम सुन

नेपालभ्युज

दुबईबाट आएका भारतीयको भित्री कपडा खोल्दा ७७७ ग्राम सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शौच गराउँदा एक व्यक्तिले एक किलो सुन निकालेको घटना सेलाउन नपाउँदै फेरि अर्का व्यक्तिबाट पनि ७७७ ग्राम सुन बरामद भएको छ ।

दुबईबाट आएका एक भारतीय नागरिकलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो । भारतको दिल्ली बस्ने ३४ वर्षीय विकास महाजनले भन्सार छलेर अवैध रूपमा भित्री बस्त्रमा लुकाएर ल्याएको सुन प्रहरीले फेला पारेको थियो । विमानस्थल कटिसकेका उनलाई प्रहरीले विशेष सूचनाका आधारमा काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो। उनले आफ्नो स्यान्डो र अन्डरवेयरमा सुन लुकाएर ल्याएका थिए ।

स्यान्डोबाट ४०८ ग्राम र अन्डरवेयरबाट ३६० ग्राम गरी जम्मा ७७७ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ । उनीबाट ५०० दरको भारतीय रुपैयाँको १९ हजार ५०० र ४२० दिराम पनि बरामद गरेको छ। उनले सुन भारत लैजान लागेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved