सप्तरीमा गोली चल्यो, प्रहरी र तस्कर समूहबीच झडप

नेपालभ्युज

सप्तरीमा गोली चल्यो, प्रहरी र तस्कर समूहबीच झडप
प्रतिकात्मक तस्वीर ।

जनकपुरधाम । सप्तरीमा तस्करको समूह र प्रहरीबीच झडप भएको छ । तस्करी गरी ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोजेपछि झडप भएको हो ।

झडपका क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको छ । जिल्लाको बलान बिहुल गाउँपालिका वडा नम्वर ४ बेल्हीमा मंगलबार दिउँसो भारतबाट ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । तस्कर समूहको ढुंगा लागेर केही प्रहरी घाइते भएको बताइएको छ ।

उक्त स्थानमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । भारतबाट सामान तस्करी गरेर घरमा राखिएको सूचना पाएपछि प्रहरीको टोली पुगेको थियो । प्रहरी पुग्नासाथ आक्रमण भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले तस्करीका सामान नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved