प्रचण्ड-माधवबीच पार्टी एकता र चुनावी घोषणापत्रका विषयमा छलफल

नेपालभ्युज

प्रचण्ड-माधवबीच पार्टी एकता र चुनावी घोषणापत्रका विषयमा छलफल
फाइल फोटो

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बिहान हात्तीवनमा छलफल भएको छ।

छलफलमा अध्यक्ष प्रचण्डसहित माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहभागी थिए। छलफल आगामी दिनमा हुनसक्ने पार्टी एकताका विषयमा केन्द्रित थियो। बैठकमा चुनावी घोषणापत्रका विषयमा समेत छलफल भएको एक नेताले जानकारी दिए।

यसैगरी, बैठकले बाबुराम भट्टराई र वामदेव गौतमको विषयमा पनि छलफल भएको थियो।

यसअघि माओवादी केन्द्रले बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्हबाट चुनाव लड्न अनुमति दिइसकेको छ। यद्यपि, उनीहरूका केही सर्तका विषयमा भने छलफल गर्न बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ।

सत्तारूढ दलभित्र सिट बाँडफाँटको तयारी भइरहेको छ। यसैका लागि आज सत्तारूढ दलको बैठक बस्दैछ। बैठकमा हुनसक्ने सम्भावित एजेन्डाबारेसमेत छलफल भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved