सुनचाँदीको मूल्यमा गिरावट

नेपालभ्युज

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं। सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ महासंघले सुनको मूल्य प्रतितोला २०० र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । महासंघका अनुसार आज ५ रुपैयाँ घटेर प्रतितोला १ हजार १६५ रुपैयाँ कायम भएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved