पाकिस्तान: इमरान खानले महिला न्यायाधीश र आईजीलाई धम्की दिएपछि तनाव

पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गर्ने अनुमानपछि समर्थकहरूले उनको घर बाहिर प्रदर्शन जारी राखेका छन्। खानलाई गिरफ्तार गर्न नसकुन् भन्दै समर्थकको भीड लागेको हो।

नेपालभ्युज

पाकिस्तान: इमरान खानले महिला न्यायाधीश र आईजीलाई धम्की दिएपछि तनाव

एजेन्सी। पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गर्ने अनुमानपछि समर्थकहरूले उनको घर बाहिर प्रदर्शन जारी राखेका छन्। खानलाई गिरफ्तार गर्न नसकुन् भन्दै समर्थकको भीड लागेको हो।

इमरान खानमाथि शनिवार एक र्‍यालीको समयमा पुलिस र न्यायपालिकालाई धम्काएको आरोप लागेको छ। उनले धम्क्याएको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा – “इमरान खान हमारी रेड लाइन’’ भन्दै ट्रेन्डिङमा छ।

पाकिस्तानका पूर्व विदेशमन्त्री र पीटीआई के वरिष्ठ नेता शाह महमूद कुरैशीले आइतबार एक प्रेस वार्तामा कानुनभित्र रहेर राजनीतिक सङ्घर्ष जारी राख्ने बताएका छन्।

इमरान खानविरुद्धको अनुसन्धानको यो मुद्दा यस्तो समयमा आएको छ की उनी र पाकिस्तान सरकारबीच तनाव चरम सीमामा छ।
इमरान खान यसवर्ष अप्रिलमा अविश्वासको प्रस्तावपछि सत्ताबाट बाहिरिएका हुन्। सरकारबाट बाहिरिएपछि उनले सरकार र सेनाको लगातार आलोचना गर्दै आएका छन्।

त्यसयता आक्रामक अडान लिएर उनले देशैभर भ्रमण गर्दै र्‍यालीमा सरकार र सेनामाथि प्रहार गर्दै पुनः निर्वाचनको माग गर्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved