धेरै ठाउँमा विहानैदेखि चर्को घाम, मनसुनकै समयमा खडेरी पर्दा धान हुर्कन पाएन 

बर्खाको बेला भए पनि पानी नपर्दा धेरै ठाउँका खेतबारीमा लगाएका बाली सुक्न थालेका छन् । मधेस प्रदेशका धेरै किसानले पानी नपर्दा धान रोप्न नपाएको र रोपेको धान पनि पहेँलो भएर मर्न थालेको गुनासो गरेका छन् ।

नेपालभ्युज

धेरै ठाउँमा विहानैदेखि चर्को घाम, मनसुनकै समयमा खडेरी पर्दा धान हुर्कन पाएन 
फाइल तश्वीर

काठमाडौं। मनसुनको समयमा पनि हिजोआज देशका धेरै ठाउँमा चर्को घाम लागिरहेको छ । यो मनसुनमा क्षणिक रुपमा पानी परेपनि देशैभर लगातार झरी परेको छैन । आज सोमबार पनि विहानैदेखि घाम चर्किएको छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा चर्को घाम लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  मनसुनको न्युनचापीय रेखा दक्षिणतर्फ अर्थात भारततिर नै रहेकाले यो हप्ता पनि देशैभर पानी पर्ने सम्भावना छैन ।

काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढेको छ । पानी नपर्दा गर्मी बढेको हो । अझै एक/दुई दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।

हिजो आइतबार काठमाण्डौको अधिकतम तापक्रम ३० दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै, धनगढीको अधिकतम तापक्रम ३५ दशमलव ६ डिग्री सेल्सियस, भैरहवा, नेपालगञ्ज र दीपायलको अधिकतम तापक्रम ३४ दशमलव ५, जनकपुरको ३४ डिग्री सेल्सियस र सिमराको ३३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

बर्खाको बेला भए पनि पानी नपर्दा धेरै ठाउँका खेतबारीमा लगाएका बाली सुक्न थालेका छन् । मधेस प्रदेशका धेरै किसानले पानी नपर्दा धान रोप्न नपाएको र रोपेको धान पनि पहेँलो भएर मर्न थालेको गुनासो गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved