साउदी अरबमा रहेका ९३ नेपालीलाई ६० दिनभित्र देश छाडनुपर्ने एक्जिट भिसा

नेपालभ्युज

साउदी अरबमा रहेका ९३ नेपालीलाई ६० दिनभित्र देश छाडनुपर्ने एक्जिट भिसा

काठमाडौं। खाडी मुलुक साउदी अरबले अवैधानिकरूपमा बसेका ९३ जना नेपालीलाई बहिर्गमन (एक्जिट) भिसा दिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिसाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिसा प्राप्त गरेका हुन् ।

साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका, नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक भिसाका लागि दुतावासले साउदी अरब सबन्धित निकायमा अनुरोध गरेको थियो । जसअनुसार साउदी सरकारले ९३ जना नेपालीलाई सो भिषा उपलब्ध गराएर नेपाल फर्कने वातावरण तय गरिदिएको हो ।

एक्जिट भिसा लागेका नेपालीहरूले ६० दिनभित्र अनिवार्यरूपमा साउदी अरब छोड्नसमेत रियादस्थित नेपाली दूतावासले निर्देशन दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved