चीनबाट फर्केपछि परराष्ट्रमन्त्रीले भने- एक चीन नीतिप्रति नेपाल दृढ रहेको विश्वास दिलाएँ

नेपालभ्युज

चीनबाट फर्केपछि परराष्ट्रमन्त्रीले भने- एक चीन नीतिप्रति नेपाल दृढ रहेको विश्वास दिलाएँ
फाइल फोटो

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीन भ्रमणका क्रममा आफूले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको विश्वास दिलाएको बताएका छन् ।

चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्केका मन्त्री खड्काले आफूले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपाल एक चीन नीतिप्रति  प्रतिवद्ध रहेको विश्वास दिलाएको बताएका हुन् ।

स्वदेश फर्केपछि विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दे  उनले भने, ‘मैले मेरो समकक्षीलाई एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको बताउँदै हाम्रो भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने कुरामा विश्वास दिलाएको छु ।’

उनले चिनियाँ विदेशमन्त्री वाङ यीले पनि नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निशर्त समर्थन रहेको बताएको जानकारी दिए ।

साउन २४ गते चीन भ्रमणमा गएका उनी दुई दिनपछि बिहीबार नेपाल फर्किएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved