राजेश हमाल र वर्षा सिवाकोटीको अभिनय रहेको ‘शैलुङको चिसो चिसो बतास’ सार्वजनिक (भिडिओ)

नेपालभ्युज

काठमाडौं । गायक विकास राणाको नयाँ गीत ‘शैलुङको चिसो चिसो बतास’ सार्वजनिक भएको छ। बुधबार सार्वजनिक भएको उक्त म्युजिक भिडिओमा शैलुङको सुन्दर प्रकृतिसँगै सुन्दर युवतीको वर्णन गरिएको छ ।

गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री वर्षा सिवाकोटीले अभिनय गरेका छन् ।

शशिविक्रम थापा र गणेश चौलागाईंको शब्द तथा संगीत रहेको गीतमा  संगीत संयोजन शशिविक्रम थापाकै रहेको छ।

नितिन चन्दले निर्देशन गरेको  भिडिओमा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ भने मनोज सुवेदीले छायांकन र सकिन तिमिल्सिनाले सम्पादन गरेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved