३ दिनमा ४३ जनाको ज्यान गएपछि इजरायल र प्यालेस्टाइनी लडाकुबीच युद्धविराम

तीन दिनको हिंसामा कम्तिमा ४३ जनाको ज्यान गएपछि बल्ल दुवै पक्ष युद्धविराम कार्यान्वयनको लागि सहमत भएका बीबीसीले जनाएको छ ।

नेपालभ्युज

३ दिनमा ४३ जनाको ज्यान गएपछि इजरायल र प्यालेस्टाइनी लडाकुबीच युद्धविराम
गाजाको रफाहमा इजरायलको आक्रमणमा ज्यान गुमाएका प्यालेस्टिनीहरूको अन्त्येष्टि समारोह

लण्डन। इजरायल र प्यालेस्टाइनी लडाकूहरू बीच युद्धविरामको सहमति भएको छ ।

तीन दिनको हिंसामा कम्तिमा ४३ जनाको ज्यान गएपछि बल्ल दुवै पक्ष युद्धविराम कार्यान्वयनको लागि सहमत भएका बीबीसीले जनाएको छ ।  प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे) का लडाकुहरूले इजिप्टका मध्यस्थकर्ताहरूले मध्यस्थता गरेको वार्तापछि युद्धविराम सुरु भएको बताएका छन् ।  इजरायली प्रधानमन्त्री यायर लापिडको कार्यालयले युद्धविरामको पुष्टि गरेको छ।

पछिल्ला ३ दिनमा भड्किएको हिंसाका कारण १५ जना बालबालिकासहित ४३ जनाको ज्यान गएको छ । यो भिडन्त इजरायल र गाजा बीच मे २०२१ मा भएको ११ दिने हिंसापछिको सबैभन्दा गम्भीर भिडन्त हो ।

इजरायली सेनाले गाजामा इस्लामिक जिहादलाई लक्षित गरेर कयौं रकेट र ड्रोन प्रहार गरेको पुष्टि भएको छ ।  युद्धविरामको सहमति भएको केहिबेरसम्म पनि दुवै पक्षले रकेट प्रहार गरेका  थिए ।

इजरायली सेनाले गाजा पट्टीबाट आतंकवादी समूहले आक्रमण थालेपछि त्यसको जवाफ दिएको जिकिर गरेको छ । इजरायलले कब्जा गरेको वेस्ट बैंकमा पीआईजेका एक वरिष्ठ सदस्यलाई गिरफ्तार गरेपछि तनाव सुरू भएको हो ।

गाजाको स्वास्थ्य मन्त्रालयले ४३ जना प्यालेस्टाइनीको मृत्यु र ३०० भन्दा बढी घाइते हुनुमा इजरायली आक्रमणलाई दोष दिएको छ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved