कुकुरको जिन्दगी

कोही मार्छन्, कोही बचाउँछन्।

कुकुर प्रेमीहरुले सडकमा आफुले घाइते भेटेका कुकुरलाई लगेर उपचार गर्ने गरेका छन्।

नेपालभ्युज

कोही मार्छन्, कोही बचाउँछन्।

काठमाडाैं ।  सामाजिक सञ्जाल टिकटक र फेसबुकमा केही दिनपहिले एक महिलाले सडकमा सुतिरहेको कुकुरलाई धारिलो हतियारले प्रहार गरेर मारेको भिडियो भाइरल भयो।

काठमाडौंको तारकेश्वर नगरपालिका–४ मा स्थानीय जुना बरामले आफ्नो बच्चालाई कुकुरले टोकेपछि आक्रोशित भएर कुकुरलाई धारिलो हतियारले प्रहार गरेर मारेको भिडियो भाइरल भएपछि उनीविरुद्ध धेरैले आक्रोश पोखे। त्यति मात्रै होइन केही छिमेकी कुकुरलाई मारेको सीसीटीभी भिडियो लिएर उजुरी गर्न प्रहरी वृत्त, बालाजुसमेत पुगे ।

यो मात्रै होइन गएको जेठमा सोलुखुम्बुमा कुकुर मारेको भिडियो भाइरल बन्यो । उक्त भिडियोमा सोलुदुधकुण्ड नगरपालिका–५ आबाडाँडामा नेपाल प्रहरी सहितको टोलिले निर्मम ढंगले कुटेर कुकुरको हत्या गरेको देखिन्छ । सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियो प्रति अधिकांशले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा उक्त भिडियो पोष्ट गर्दै कुकुरलाई कुटपिट गरि निर्मम ढंगले हत्या गर्नु गलत भएको भन्दै घटनामा संलग्नलाई कार्वाहीको माग समेत गरिएको छ । मानिसलाई आक्रमण गरेको भन्दै निर्मम ढंगले प्रहरीकै संलग्नतामा सो कुकुर मारिएको थियो ।

स्थानीयले कुकुर लखेट्दै गर्दा ड्यूटीमा रहेको प्रहरीलाई समेत आक्रमण गर्न खोजेपछि प्रहरीले लाठी प्रहार गरेको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालले बताएका थिए। कुनैपनि जनवारलाई मार्नु गलत हुँने भन्दै प्रनाउ कटवालले बौलाह कुकुर लखेट्नेक्रममा आक्रोसीत समूहबाट घटना भएको उनको प्रष्टोक्ती छ ।

कुकुरप्रति निकृष्ट व्यहार गर्नेदेखि कुकुरको जीवन रक्षाका लागि पनि लामो समयदेखि प्रयास भएका छन्। शनिबार स्ट्रिट डग केयरका सदस्यहरु सडकका घाइते कुकुरहरूको उपचारमा व्यक्त थिए। उनीहरू विगत १० वर्षदेखि सडक कुकुरको जीवनअवस्था र स्वास्थ्य सुधारका लागि प्रयासरत छन्।

जर्मन नागरिकको अग्रसरता र सहयोगमा सञ्चालित स्ट्रिट डगका अनुसार काठमाडौ का सडकमा २५ हजार भन्दाबढी कुकुर छन्। सवारी साधनको ठक्कर र अन्य कारणले दैनिक ठूलो संख्यामा कुकुरहरू बिरामी पर्ने गरेका छन्। विगत ९ वर्षदेखि, सडक कुकुरको अवस्था सुर्धान खटिएकी जुनी तामाङका अनुसार सो संस्थाले हरेक शनीबार काठमाडौंको वौद्धमा कुकुर स्वास्थ्य क्याम्प सञ्चालन गर्दै आएको छ। त्यहाँ कुकुर प्रमीहरुले सडकमा आफुले घाइते भेटेका कुकुरलाई लगेर उपचार गर्ने गरेका छन्।

त्यस्तै, सो संस्थाले कुकुरलाई आवश्यक परे दैनिक सडकमै आपतकालीन उपचार गर्दैै आएको छ। छालाको इन्फेक्सन तथा जीवन गुम्ने खतरा भएका चोट तथा घाउ लागेका कुकुरलाई हस्पीक केयरमै राखेर लामो उपचार सेवासमेत उपलब्ध गराउँदै आएको संस्थाकी म्यानेजर जुनी तामाङले बताइन्।

बितेको ९ वर्षमा कति कुकुरको उपचार गरे गन्नै सकिन्न उनले भनिन्। गम्भीर अवस्थामा पुगेका कुकुर निको भएर पुन राम्रोसँग हिँडडुल गरेको देख्दा खुसी लाग्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved