पाकिस्तानद्वारा इजरायलले गाजामा गराएको घातक हवाई आक्रमणको निन्दा

नेपालभ्युज

पाकिस्तानद्वारा इजरायलले गाजामा गराएको घातक हवाई आक्रमणको निन्दा

इस्लामावाद । पाकिस्तानले गाजा पट्टीमा इजरायलद्वारा गराइएको घातक हवाई आक्रमणको कडा निन्दा गरेको छ । प्रधानमन्त्री शाहबाज सरिफले ट्विट गर्दै सो घटना बारे कडा टिप्पणी गरेका हो । इजरायली आतङ्कवादीहरुले शनिबार गाजामा पाँच वर्षीया बालिका सहित १० प्यालेस्टिनीको हत्या गरेका छन् ।

प्रधानमन्त्रीले ‘यदि दण्डहीनता र बर्बरताको अनुहार हुने हो भने त्यसको प्रतिबिम्ब इजरायल नै हुने’ बताएका छन् । साथै गाजा पट्टीमा सक्रिय इस्लामवादी सङ्गठन प्यालेस्टिनी इस्लामिक जिहाद विरुद्ध इजरायली सेनाले गरेको बमबारीमा शुक्रबार कम्तिमा १० प्यालेस्टाइनीको मृत्यु हुनाका साथै अन्य ५५ जना घाइते भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved