प्रिन्स सिलवालको ‘बुट्टेसारी’ सार्वजनिक

नेपालभ्युज

प्रिन्स सिलवालको ‘बुट्टेसारी’ सार्वजनिक

काठमाडौं । बाल गायक प्रिन्स सिलवालले  ‘बुट्टेसारी’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। महिलाहरुको महान चाड हरितालिका तिजलाई लक्षित गरेर  सिलवालले सो  भिडियो सार्वजनिक गरेका  हुन्।

भिडियोमा एक महिनाअघिदेखि महिलालाई तिज लाग्ने र त्यसले बालबालिकालाई कस्तो प्रभाव परेको छ भन्ने विषय देखाउन खोजिएको छ ।  बाध्यताले विदेशिनु परेको बुबा, भड्किलो बन्दै गएको तिजमा आमा र छोराबीचका खटपटको विषय गितको आकर्षक पक्ष हो ।

भिडियोमा गायक सिलवालको हजुरआमाको भूमिकामा सन्ध्या बुढा (काउलीबुढी) र आमाको भूमिकामा नर्मता शर्माले अभिनय गरेका छन्।  गीतमा सिलवाललाई सन्ध्याको साथ रहेको छ ।

सीताराम सिलवालको शव्द,अर्जुन पोखरेलको संगीतलाई अदेश गुरुमछानले अरेन्ज गरेका हुन्। माधव शर्माले निर्देशन गरेको उक्त भिडियोमा सन्तोष राजभक्तको कोरियोग्राफरको रुपमा रहेका छन् ।

गीतलाई छायांकन तथा सम्पादन गर्ने काम अनिल कटवालले गरेका हुन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved