डिजे सन्तोषको ‘जालेरुमाल’ सार्वजनिक, हेर्नुस् भिडियो

नेपालभ्युज

डिजे सन्तोषको ‘जालेरुमाल’ सार्वजनिक, हेर्नुस् भिडियो

काठमाडाैं ।   डिजे सन्तोषले नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक गरेका छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतमा सन्तोषसँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर र सुरज शाही ठकुरीले स्वर भरेका छन् । यस गीतको शब्द रचना टेकु कान्छा र  भिडियोको निर्देशन पवित्रा आचार्यले गरेकी हुन् ।

कार्यक्रममा कलाकार सुनिल थापा, सरोज खनाल, गौरब पहाडी, गायिका प्रिति कौर लगायत उपस्थित थिए  । चियाबारीमा, घरबेटी नानी, कलकत्ते काइय‍ो, मै छोरी सुन्दरीलगायत दर्जनौं नेपाली गीतलाई रिमिक्स गरेका  सन्तोषले पछिल्ला डेढ दशक विदेशलाई कर्मथलो बनाएका थिए।

कार्यक्रममा बोल्दै कलाकार सुनिल थापाले नेपाली लोकसंगितको प्रवर्ध्दनमा डिजे सन्तोषले गरेका प्रयासरू प्रशंसनीय रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved