नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध, यात्रु अलपत्र 

करिब २४ घण्टापछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ। २४ घण्टापछि पहिरो पन्छाएर खुलेको सडक त्यसको चार घण्टा पछि नै पुनः अवरुद्ध भएको हो। हिजो राति १० बजे खुलाइएको सडक पुन राति साढे २ पुन अवरुद्ध भएको हो।

नेपालभ्युज

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध, यात्रु अलपत्र 
फाइल तस्वीर

काठमाडौं। करिब २४ घण्टापछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ। २४ घण्टापछि पहिरो पन्छाएर खुलेको सडक त्यसको चार घण्टा पछि नै पुनः अवरुद्ध भएको हो। हिजो राति १० बजे खुलाइएको सडक पुन राति साढे २ पुन अवरुद्ध भएको हो।

भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको केरावारी (मौरी खोल पुल नजिकै) लगातारको वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो खसेर बाटो पुनः दुवै तर्फ अवरोध भएको हो।

सोमबार राति ११ बजे देखि बन्द सडक मंगलबार राति १० बजेतिर सञ्चालनमा आएको थियो। तर पुनः सोही ठाउँमा पहिरो गएपछि सडक पुरै बन्द भएको चितवन प्रहरीले जनाएको छ।

आज बिहान २ः३० बजेको समयमा लेदोसहितको पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार अहिले बाटो खुलाउने पहल भइरहेको छ।  सडक अबरुद्ध हुँदा  यात्रुहरू सडकमै अलपत्र परेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved