खोटाङ भूकम्प : चार सय ७५ घरमा क्षति

हालसम्म प्राप्त विवरण अनुसार ४ सय ७५ निजी घरमा क्षति पुगेको छ। त्यस मध्ये सबैभन्दा धेरै भूकम्पको ‘इपिसेन्टर’ साकेला गाउँपालिकामा मात्रै चार सय ६४ घरमा क्षति पुगेको छ।

नेपालभ्युज

खोटाङ भूकम्प : चार सय ७५ घरमा क्षति
तस्वीर : सामाजिक संजाल

खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्रविन्दु बनाएर गएको ६ म्याग्निच्युडको भूकम्पका कारण ४ सय ७५ घरमा क्षति पुगेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले, भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेकोे जानकारी दिए।

जिल्ला विपद् व्यवस्थापन कार्यालयलाई प्राप्त विवरण अनुसार केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माविको चारकोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सुर्केडाँडा माविको चारकोठे भवन भत्किाएका छन्।

त्यस्तै केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा प्रहरी चौकी भवनमा क्षति पुगेको छ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्णरूपमा भत्किएको छ ।

‘इपिसेन्टर’ मा चार सय ६४ घरमा क्षति

हालसम्म प्राप्त विवरण अनुसार ४ सय ७५ निजी घरमा क्षति पुगेको छ। त्यस मध्ये सबैभन्दा धेरै भूकम्पको ‘इपिसेन्टर’ साकेला गाउँपालिकामा मात्रै चार सय ६४ घरमा क्षति पुगेको छ।

भूम्पकको केन्द्रविन्दु मात्तिमविर्तामा ८० घरमा क्षति पुगेको छ । मात्तिममा एक सय पाँच बाँझेच्यानडाँडामा एक सय ३४, रतन्छामा ८८, खिदिमामा ५७ घरमा क्षति पुगेको छ।

भूकम्पले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडामा छ घर, हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान र सल्लेमा एक–एक घर, खोटेहाङ गाउँपालिकामा दुई र रावाबेँसी गाउँपालिकामा एक घरमा क्षति पुगेको छ।

जिल्लाका १० वटै स्थानीय तहबाट अझै पुर्ण विवरण आइनसकेकाले तीन दिन भित्र कुनै क्षति भएको भए जानकारी गराउन आग्रह गरिएको जिल्ला विपद् व्यवस्थापन कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved