मोरङमा ३६ किलो गाँजासहित एक पक्राउ, दुईजना फरार

नेपालभ्युज

मोरङमा ३६ किलो गाँजासहित एक पक्राउ, दुईजना फरार

विराटनगर । मोरङको सीमावर्ती क्षेत्रबाट ३६ किलो गाँजासहित एकजना पक्राउ परेका छन् । प्रहरीले जहदा गाउँपालिका–२ हरिनगराबाट मंगलबार बिहानका ३६ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको हो ।

नेपालबाट भारतको जोगवनीतर्फ लैजाँदै गरेको अवस्थामा जहदा-२ का २५ वर्षीय मुकेश गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।

तीन जनाले बोकेर भारततिर लैजाँदै गरेको अवस्थामा प्रहरीसँग जम्काभेट भएपछि अन्य दुई जना भने फरार भएको प्रहरीले बताएको छ ।

पक्राउ परेका गुरुङलाई र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको उनले बताए । गुरुङलाई लागुऔषध ऐनअन्तर्गतको मुद्दा लगाउने प्रहरीको तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved