साफ यू–२० च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग खेल्दै, फाइनल पुग्न ‘भाग्य’ को भर

खेल भारतको भुवनेश्वरमा रहेको कालिंगा रंगशालामा दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपालको लागि यो खेल ‘गर या मर’को अवस्थामा रहेको छ ।

नेपालभ्युज

साफ यू–२० च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग खेल्दै, फाइनल पुग्न ‘भाग्य’ को भर

काठमाडौं। साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । खेल भारतको भुवनेश्वरमा रहेको कालिंगा रंगशालामा दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपालको लागि यो खेल ‘गर या मर’को अवस्थामा रहेको छ ।

प्रतियोगितामो फाइनलम पुग्नको लागि नेपालले आज बंगलादेशलाई हराएर मात्र पुग्ने छैन भारत र माल्दिभ्सको नतिजामा पनि भर पर्नु पर्नेछ ।
फाइनल पुग्न नेपालले बंगलादेशलाई हराउनै पर्नेछ । साथमा भारत र माल्दिभ्सको खेल बराबरीमा रोकिनुपर्छ या भारत पराजित हुनुपर्छ ।

किनकी नेपाल र भारतको समान ३ खेलमा ६ अंक रहेको छ । तर भारतले नेपाललाई ८ गोल हानेकोले भारत बलियो अवस्थामा छ । नेपालको गोल अन्तर ऋणात्मक छ ।
यदी नेपाल र भारत दुवैले आ–आफ्नो खेल जितेमा तीन वटै टिमको समान ९ अंक हुनेछ । यस्तोमा तीन टिमबीचको हेड टु हेड र गोलअन्तरमा गणना गरिनेछ । हेड टू हेडमा भारत र बंगलादेश नेपाल भन्दा निकै अगाडि रहेका छन् ।

यसअघि नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved