प्रहरीका ३६ एसपीहरुको पदस्थापन

नेपालभ्युज

प्रहरीका ३६ एसपीहरुको पदस्थापन

काठमाडौं । नेपाल प्रहरीमा बढुवा भएका ३६ जना उपरीक्षक (एसपी)हरूलाई पदस्थापन गरिएको छ । असार २९ मा बढुवा समितिले गरेको सिफारिसअनुसार गृहसचिव टेकनारायण पाण्डेले सोमबार उनीहरूलाई बढुवा, नियुक्ति गर्ने निर्णय गरेका थिए ।

१ नम्बरमा बढुवा भएका देवेन्द्र बहादुर पाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । सरोज पौडेललाई प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना निर्देशनालय, अवदेश विष्ट क्षेत्रीलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय, सुधीर राज शाहीलाई जिल्ला प्रहरी परिसर ललितपुर र दुर्गाराज रेग्मीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पदस्थापन गरिएको छ ।

मोहन कुमार थापालाई अख्तियार, काजी कुमार आचार्यलाई प्रहरी प्रधान कार्यालय स्थित अंगरक्षक गण र विपिन रेग्मीलाई प्रधान कार्यालयका प्रबन्ध शाखामा पदस्थापन गरिएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहीबार पदस्थापनको निर्णय गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved