डान्सिङ शैलीको तीज गीत ‘कर्ली कर्ली कपालै’ मा सार्वजनिक (भिडियोसहित)

नेपालभ्युज

डान्सिङ शैलीको तीज गीत ‘कर्ली कर्ली कपालै’ मा सार्वजनिक (भिडियोसहित)

काठमाडौं । तीज आउन झन्डै एक महिना बाँकी रहेका बेला बजारमा विभिन्न कलाकारहरुको होडबाजी चलिरहेको छ ।

यसै सिलसिलामा बजारमा अर्को  डान्सिङ तीज गीत कर्ली कर्ली कपालैमा सार्वजनिक भएको छ । मोडल अर्जुन तिरुवा, पूजा विश्वकर्मा, भूपेन्द्र डाँगी, र रोज खत्रीको अभिनय रहेको उक्त तीज गीतमा गायक रमेश बोहोरा र गायिका रीता रावतको स्वर रहेको छ भने गीतको शब्द तथा संगीत पनि स्वयं गायककै रहेको छ ।

केबी भण्डारीको म्युजिक एरेन्ज रहेको गीतको भिडियोमा अनिल जेम्स ‘एजे’ ले क्रोरीयोग्राफी गरेका छन् । प्रकाश परियारको निर्देशन रहेको यस भिडियोको छायांकन तथा सम्पादन ओम प्रसाईंले गरेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved