नेप्सेमा दोहोरो अंकले वृद्धि, झन्डै पाँच अर्बको कारोबार 

नेपालभ्युज

नेप्सेमा दोहोरो अंकले वृद्धि, झन्डै पाँच अर्बको कारोबार 

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले बढेको छ । बुधबार २४ अंकले बढेको नेप्से आज १५.४४ अंक (०.७३ प्रतिशत)ले बढेर दुई हजार १२७.४७ को विन्दुमा पुगेको छ ।

आज दिनभर २२१ कम्पनीका एक करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर किनबेच भएको छ । दिनभर चार अर्ब ९७ करोड ६४ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले बढेर ४०५.६२ को विन्दुमा पुगेको छ।

आज १३ उपसमूहमध्ये १० वटा उपसमूहको परिसूचक बढेको छ भने तीनवटा उपसमूहको परिसूचक घटेको छ । आज सर्वाधिक धेरै फाइनान्स समूहको ३.१३ प्रतिशतले बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved