काठमाडौंसहित बागमतीमा गाडी भाडा बढ्यो

नेपालभ्युज

काठमाडौंसहित बागमतीमा गाडी भाडा बढ्यो
फाइल तश्वीर

काठमाडौं। काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको छ। इन्धनको मूल्य बढेको भन्दै भाडा बढेको हो।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा बढाएको हो। मन्त्रिस्तरीय निर्णयबाट सार्वजनिक सवारी साधनको भाडा समायोजन गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यस सम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशित गरेको छ। जसअनुसार, यात्रुवाहक सवारी साधनको ८ दशमलव ३९ प्रतिशतले र मालवाहक सवारी साधनको भाडा ११ दशमलव ९१ प्रतिशतले वृद्धि गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved