टिकटक लाइभमार्फत चिनजान भएकाबाट बलात्कृत, कांग्रेस नुवाकोटका नेता पाण्डे पक्राउ

नेपालभ्युज

टिकटक लाइभमार्फत चिनजान भएकाबाट बलात्कृत, कांग्रेस नुवाकोटका नेता पाण्डे पक्राउ

काठमाडौं। सामूहिक बलात्कारको आरोपमा नेपाली कांग्रेसका नुवाकोट जिल्ला नेता मधुसुदन पाण्डे कास्कीमा पक्राउ परेका छन्। अर्का आरोपी राजु राउत भने फरार रहेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले जानकारी दिए।

डीएसपी तिवारीले भने, ‘बलात्कार आरोपपछि हामीले पाण्डेलाई पक्राउ गरेका हौँ । अर्का आरोपी राजु राउत भने फरार छन्। उनको खोजी गरिरहेका छौँ।’

पीडित युवतीले काठमाडौंको महानगरीय प्रहरी वृत्त मालीगाउँमा जाहेरी दिए पनि घटना पोखरामा भएको भन्दै कास्की प्रहरीलाई पठाइएको थियो। जाहेरी दर्ता भएपछि पाण्डे पक्राउ परेका हुन्।

पाण्डे नुवाकोट क्षेत्र नम्बर २ प्रदेश (क)का प्रवक्ता हुन्। फरार रहेको आरोपी राउत र पीडित युवतीबीच ७÷८ महिना अघि टिकटक लाइभमार्फत चिनजान भएको थियो। इटहरी घर भएकी ती युवतीलाई करिब दुई साताअघि काठमाडौं बोलाइएको थियो। राउत र पाण्डेले चितवनबाटै ती युवतीलाई पोखरा लगेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved