गृहले भन्यो– बिदाको दिन झण्डावाल र अत्यावश्यक गाडीलाई अवरोध नगर्नु

नेपालभ्युज

गृहले भन्यो– बिदाको दिन झण्डावाल र अत्यावश्यक गाडीलाई अवरोध नगर्नु

काठमाडौं। ५ साउन। झण्डावाल र अत्यावश्यक सेवाका सरकारी गाडी सार्वजनिक बिदामा चलाउन सवारी पास आवश्यक नपर्ने गृह मन्त्रालयले जनाएको छ । झण्डावाल गाडी, सुरक्षा निकायले प्रयोग गर्ने गाडी, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक यातायातका साधनलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने गृहले बताएको हो ।

सरकारी बिदाका दिन राष्ट्रिय झण्डा लिएर हिँड्ने र अत्यावश्यक सेवाका सरकारी गाडीलाई अवरोध नगर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई परिपत्र गरेको छ ।
एम्बुलेन्स, वारुणयन्त्र लगायतका गाडीलाई पनि अवरोध नगर्न भनिएको छ । यस्ता गाडीलाई जाँचका नाममा लामो समयसम्म नअड्काउन पनि भनिएको छ । यसबारेमा नागरिकलाई समेत सुसूचित गराउन मन्त्रालयले भनेको छ ।

साथै मन्त्रालयले सरकारी गाडी बिदाको दिन समेत चलाउनुपर्ने भएमा अनिवार्य पास लिनुपर्ने व्यवस्था कडाइका साथ लागू गराउन निर्देशन दिएको छ । केही दिनदेखि सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाएको भन्दै विभिन्न समूहले सरकारी गाडी रोक्ने, चाबि खोस्ने लगायतका गतिविधिहरू भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved