निवर्तमान अर्थमन्त्री शर्माबारे छानबिन समितिले म्याद थपको माग गर्दै

नेपालभ्युज

निवर्तमान अर्थमन्त्री शर्माबारे छानबिन समितिले म्याद थपको माग गर्दै
फाइल तस्वीर

काठमाडौं। पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको गरेको संसदीय विशेष समितिले प्रतिवेदन बुझाउने समय थप गर्न माग गरेको छ। सभामुख अग्निप्रसाद सापकोटासँग म्याद थपको विषयमा छलफल गर्ने समितिको तयारी छ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति बोलाएर करको दर हेरफेरको आरोप लागेपछि सभामुख सापकोटाले असार २२ गते ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरेका थिए । सो समितिको म्याद सकिन एक दिन बाँकी रहँदा म्याद थपका लागि सभामुख आग्रह गर्ने निर्णय भएको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए।

शर्माले अर्थमन्त्रीबाट राजीनामा दिइसकेका छन्। समितिलाई काम सुरु गरेको मितिबाट १० दिनको समय तोकिएको थियो। असार २८ गते काम सुरु गरेको समितिको कार्यकाल बिहीबार सकिँदै छ।

समितिले बुधबार पूर्व अर्थ सचिव रामेश्वर खनाल, शान्तराज सुवेदी र शिशिर ढुंगानासँग छलफल गरेका थिए। त्यसैगरी बिहीबार बिहान ८ बने पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाएको छ। हालसम्म समितिले अर्थमन्त्रालय पुगेर घटनाको बारेमा जानकारी लिएको छ।

समितिले अर्थ मन्त्रालयमा प्राप्त सीसीटीभी फुटेज रिकभरीका लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ। त्यसैगरी बजेट निर्माण कार्यमा संलग्न रहेका अर्थमन्त्रालयका अधिकारीहरूसँग जेठ १४ गतेको घटनाको बारेमा जानकारी लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved