१७ घण्टापछि रोकियो जोरपाटीमा निस्किएको ग्याँससहितको बालुवा र पानीको फोहोरा

काठमाडौंको जोरपाटीमा इनार खन्ने क्रममा मंगलबार बिहानदेखि निस्किएको मिथेन ग्याँससहितको बालुवा र पानीको फोहोरा आज बिहानदेखि रोकिएको छ।

नेपालभ्युज

१७ घण्टापछि रोकियो जोरपाटीमा निस्किएको ग्याँससहितको बालुवा र पानीको फोहोरा

काठमाडौं। काठमाडौंको जोरपाटीमा इनार खन्ने क्रममा मंगलबार बिहानदेखि निस्किएको मिथेन ग्याँससहितको बालुवा र पानीको फोहोरा आज बिहानदेखि रोकिएको छ।

गोकर्णेश्वर नगरपालिका–५ मा जोरपाटीमा हिजोदेखि घरकोमाथिसम्म पुग्ने गरी लेदोसहित ग्यास निस्किएको थियो। आज बिहान करिब ३ बजेदेखि माटो र ग्याँस मिश्रित ग्याँसको मुस्लो निस्किन बन्द भएको नगरपालिकाका मेयर दीपक रिसालले जानकारी दिए। त्यहाँ ट्याङ्कर पठाएर सरसफाइ गर्न वडा अध्यक्षलाई भनिएको छ।

लोसेटारस्थित सन्त कुमार लामाको घरमा बोरिङ खन्ने क्रममा मंगलबार बिहान १० बजेदेखि ग्याँससहित माटो र पानीको फोहोरा निस्किएको हो। उक्त फोहोरा वरपरका घरभन्दा पनि माथि पुगेर बस्तीमा फैलिँदा स्थानीय प्रभावित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved