कामभन्दा बढी राजनीति गरेको भन्दै कर्णालीका स्थानीय तहले हटाए करारका कर्मचारी

कालिकोटको शुभकालिका गाँउपालिका र दैलेखको ठाटीकाँध गाउँपालिकाले करारमा कार्यरत कर्मचारी हटाउन लागेका हुन्।

कामभन्दा बढी राजनीति गरेको भन्दै कर्णालीका स्थानीय तहले हटाए करारका कर्मचारी

सुर्खेत। कर्णालीका दुई स्थानीय तहले करारमा राखेका कर्मचारी हटाउन थालेका छन्। कालिकोटको शुभकालिका गाँउपालिका र दैलेखको ठाटीकाँध गाउँपालिकाले करारमा कार्यरत कर्मचारी हटाउन लागेका हुन्।

यी दुई गगाउँपालिका एक सूचना जारी गर्दै साउन १ गतेदेखि करार सम्झैता नवीकरण नहुने जनाएको हुन्।

आर्थिक वर्ष २०७९/०८० को साउन १ गतेदेखि लागू हुनेगरी करार अवधि नथप्ने निर्णय भएको दुई गाउँपालिकाले जनाइएको छन्।

गाँउपालिकाको उक्त निर्णयविपरीत कर्मचारीले कार्य गरे स्वयम जिम्मेवारी हुनुपर्ने कालिकोट शुभकालिका गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीले बताए। “करार कर्मचारीका नाममा करोडौं रकम गएको छ,” उनले भने, “त्यो अनुसारको प्रतिफल देखिएको छैन।”

पालिकाभर करारमा कर्मचारी कति छन् भन्ने जानकारी नभएको बिना काममा पनि कर्मचारी राख्दा व्यभार बढेका कारणले आवश्यकता अनुसार कर्मचारी मात्र राख्न करारका कर्मचारी हटाइएको गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए।

“खाली खर्च मात्रै बढेको छ। कति कर्मचारी राखिएको छ। त्यसको तथ्यांक पनि गाउँपालिकामा छैन,” उनले भने,”आवश्यकताअनुसार कर्मचारी राख्न पहिलो चरणमा करारका कर्मचारी हटाउन लागिएको हो।”

गाउँपालिकाले आवश्यक रहेका अस्पताल, विद्यालय र वडा कार्यालयमा करारमा कर्मचारी राख्न नयाँ कार्यjlधि बनाउन लागिएको गाउँपालिका अध्यक्ष आचार्यले जानकारी दिए।

त्यस्तै, दैलेखको ठाटीकाँध गाउँपालिकाले मंगलबार करारका कर्मचारीको म्याद थप नगर्ने निर्णयसहित सूचना जारी गरेको छ।

यस गाउँपालिकाले पोषण शाखादेखि प्राविधिक शाखाका करार कर्मचारीलाई हाजिर नहुन सूचना नै जारी गरेको छ। ठाटीकाँध गाउँपालिकाले पहिलो चरणमा ७ जना कर्मचारीलाई हटाउने बताएको छ।

कामभन्दा पनि राजनीतिमा बढी भएकाले करारका कर्मचारी हटाउन थालिएको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहीले बताए। “व्यायभार मात्र बढ्ने कार्यालयमा नबस्ने र राजनीति गर्ने कर्मचारी हटाउन लागिएको हो,” उनले भने, “हामीले पहिलो चरणका ७ जनालाई हटाउने निर्णय गरेका छौं।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved