उपसभामुख निर्वाचन कार्यतालिका- बिहीबार उम्मेदवारी दर्ता, शुक्रबार मतदान

प्रतिनिधिसभाको उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बुधबारको बैठकमा उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए।

नेपालभ्युज

उपसभामुख निर्वाचन कार्यतालिका- बिहीबार उम्मेदवारी दर्ता, शुक्रबार मतदान

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बुधबारको बैठकमा उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए।

उपसभामुखको निर्वाचनका लागि बिहीबार मनोनयन दर्ताको समय निर्धारण गरिएको छ। उपसभामुखमा मनोनयन दर्ता गर्न बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय निर्धारण गरिएको छ।

त्यस्तै, मतदान भने शुक्रबार हुनेछ। उपसभामुखको मतदान संघीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो ३ बजेका लागि तय गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved