कांग्रेस बैठक- संस्थापन पक्षकै नेताहरूले दिए चुनावमा गठबन्धन नगर्न सुझाव 

सोमबारदेखि शुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार (आज) पनि बस्दै छ। सोमबारको बैठकमा कांग्रेसको संस्थापन पक्षकै नेताहरूले संघ र प्रदेशको चुनावमा गठबन्धन गर्न नहुने सुझाव नेतृत्वलाई दिएका छन्।

नेपालभ्युज

कांग्रेस बैठक- संस्थापन पक्षकै नेताहरूले दिए चुनावमा गठबन्धन नगर्न सुझाव 

काठमाडौं। सोमबारदेखि शुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार (आज) पनि बस्दै छ। केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा मंगलबार दिउँसो १ बजे बस्नेछ।

सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ। बैठकको पहिलो दिन सात वटै प्रदेशका पार्टी सभापतिले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका छन्।

बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध एजेण्डामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुनेछ।
केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यलाई बोल्नका लागि ७ मिनेटको समय छुट्टाइएको छ।

यसअघि सोमबारको बैठकमा कांग्रेसको संस्थापन पक्षकै नेताहरूले संघ र प्रदेशको चुनावमा गठबन्धन गर्न नहुने सुझाव नेतृत्वलाई दिएका छन्। केन्द्रीय सदस्य गुरु बराल र सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले गठबन्धन गर्न नहुने मत राखेका हुन्।

स्थानीय तहको निर्वाचनमा कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको थियो। काङ्ग्रेसभित्र नेता शेखर कोइराला पक्षले गठबन्धनको विपक्षमा मत राख्दै आएको छ, तर सभापति शेरबहादुर देउवा पक्षकै नेताहरूले पनि गठबन्धनको विपक्षमा मत राखेका हुन्।

सोमबारको बैठकमा डा. शेखर कोइराला, प्रदीप पौडेल, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव, नैनसिंह महर, गुरु बराल, दिनेश कोइरालाले धारणा राखेका थिए।

प्रदेशका सभापतिहरु उद्धव थापा, कृष्णप्रसाद यादव, इन्द्रबहादुर बानियाँ, शुक्रराज शर्मा, अमरसिंह पुन, ललितजंग शाही र बीरबहादुर बलायरले आमन्त्रित सदस्यको रुपमा बैठकमा सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved