नेप्सेमा उच्च अंकको गिरावट बाबजुद कसले कति कमाए ?

नेपालभ्युज

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज पनि उच्च अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४६ दशमलव ०८ अंकले ओरालो लागेर दुई हजार ३० दशमलव ५९ मा ओर्लेको छ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८ दशमलव ७१ अंकले ओरालो लागेर ३८७ दशमलव २३ मा ओर्लेको छ। कूल २२९ कम्पनीको ८६ लाख १३ हजार ४८९ कित्ता शेयर रु दुई अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२४ मूल्यमा खरिद बिक्री भए। मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ९६ अर्ब १४ करोड दुई लाख ८० हजार बराबर छ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ। बैंकिङ १७ दशमलव १७, व्यापार ८५ दशमलव १८, होटल तथा पर्यटन ७८ दशमलव ७६, विकास बैंक १०० दशमलव ९४, जलविद्युत् ५२ दशमलव २३, वित्त ५६ दशमलव ६१, निर्जीवन बीमा २३९ दशमलव ८७, उत्पादन १४५ दशमलव ३५, अन्य ६० दशमलव २७, लघुवित्त ११३ दशमलव ०३, जीवन बीमा २१५ दशमलव ९२, सामूहिक लगानी कोष ० दशमलव १८ र लगानी २ दशमलव २८ अंकले ओरालो लागे।

कारोबारका आधारमा सानिमा बैंकको संस्थापक शेयरको बिक्री शीर्ष स्थानमा छ। सो बैंकको ३० करोड २० लाख बराबरको कारोबार भयो। अरुण काबेली पावर रु ११ करोड ८२ लाख ६८ हजार ५९९, शिवम् सिमेन्ट १० करोड ६० लाख ७५ हजार ३०५, हिमालयन डिस्टिलरी रु १० करोड २१ लाख ६५ हजार ५६८ र माथिल्लो कर्णाली जलविद्युत् कम्पनी आठ करोड ५७ लाख १८ हजार १३० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

नेप्सेका अनुसार सिवाईसीएल नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। न्यादी ग्रुप पावर ९ दशमलव ९७, आँधीखोला लघुवित्त ९ दशमलव ६१, स्वाभिमान लघुवित्त ८ दशमलव १० र युनियन हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ३७ प्रतिशतले कमाए।

त्यस्तै, घलेम्दी हाइड्रोपावर ६ दशमलव ६०, दिव्यश्वरी हाइड्रोपावर ५ दशमलव ९२, अजोड इन्स्योरेन्स ५ दशमलव ८६, सीईडिबी हाइड्रोपावर ५ दशमलव ७५ र शिवम् श्री हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ६० प्रतिशतले गुमाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved