काठमाडौंका वडाध्यक्षको प्रस्तावः जनप्रतिनिधिको सुविधा काटौँ

‘राष्ट्रिय गौरवको आयोजना जहाँको हो त्यतै पठाइदिऊँ, फुक्का भएर फोहोर व्यवस्थापन गरौँ’

‘‘सेवासुविधा नलिन म जनप्रतिनिधिलाई अनुरोध गर्दछु। हामी जागिर खान होइन, जनताको सेवा गर्न आएका हौँ।’’

नेपालभ्युज

काठमाडौंका वडाध्यक्षको प्रस्तावः जनप्रतिनिधिको सुविधा काटौँ

काठमाडौं। काठमाडौं महानगरपालिका वडा १६ का वडाध्यक्ष मुकुन्द रिजालले जनप्रतिनिधिको सेवासुविधा कटौती गरेर विकास निर्माण खर्च गर्न प्रस्ताव गरेका छन्।

महानगरको मंगलबार बसेको नगर कार्यपालिकाको पाँचौं बैठकमा वडाध्यक्ष रिजालले जनप्रतिनिधिहरू जागिर खान नभई जनताको सेवा गर्न आएको बताए।

‘‘सेवासुविधा नलिन म जनप्रतिनिधिलाई अनुरोध गर्दछु। हामी जागिर खान होइन, जनताको सेवा गर्न आएका हौँ’’, उनले भने, ‘‘वार्षिक ६ करोडको दरले पाँच वर्षमा भत्तामा ३० करोड खर्च हुन्छ। मिल्छ भने आफ्नो सेवासुविधा विकासका काममा खर्च गरौँ।’’

उनले फोहोर व्यवस्थापनको विषयमा सरकारप्रति असन्तुष्टि पोखे। सरकारको राष्ट्रिय गौरवको आयोजनाभित्र परेको फोहोर व्यवस्थापनको तनाव जनप्रतिनिधिलाई मात्रै किन ? भन्दै उनले प्रश्न गरे।

‘‘फोहोर हाम्रो हो कि राज्यको ? नेपाल सरकारको गौरवको आयोजनाभित्र पर्छ भने फोहोर व्यवस्थापनको जिम्मा काठमाडौं महानगरलाई मात्रै किन ? यो मन्त्रालयको जिम्मेवारी हो। सधैँ हामी जनप्रतिनिधिलाई तनाव दिने कुरा होइन’’, वडाध्यक्ष रिजालले भने, ‘‘सरकारले सक्दैन भने यो कहाँको गौरवको आयोजना हो त्यतै फर्काइदिऊँ। हामी फुक्का भएर काम गर्नेछौँ।’’

उनले महानगरले नै गर्ने हो भने जिल्लाभरीको होइन ३२ ओटा महानगरको मात्रै फोहोर व्यवस्थापन गर्न प्रस्ताव गरे। ‘‘जनताको घरघरमा पुगेर फोहोर उठाउछौँ। जिम्मा महानगर वडालाई दिइएको छैन। तर दोषचाहिँ वडा र महागरलाई ?,’’ उनले प्रश्न गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved