काठमाडौंमा हैजाका बिरामी बढ्दै, संक्रमितको संख्या १४ पुग्यो

काठमाडौं उपत्यकामा हैजाको संक्रमण दिनप्रतिदिन बढेको छ। संक्रमितको संख्या १४ पुगेको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

नेपालभ्युज

काठमाडौंमा हैजाका बिरामी बढ्दै, संक्रमितको संख्या १४ पुग्यो

काठमाडौं। काठमाडौं उपत्यकामा हैजाको संक्रमण दिनप्रतिदिन बढेको छ। संक्रमितको संख्या १४ पुगेको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

महाशाखाका निर्देशक डा. चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उनीहरू उपचारपछि घर फर्किएको जानकारी दिए।

हैजाका दुई जना बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ। हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार गरिएको उनले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखालाजस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको हो।

मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तर र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हैजाको प्रकोप बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए। काठमाडौं महानगरपालिकाले हैजा रोकथाम अभियान अन्तर्गत काठमाडौंका सडकमा खानेकुरा बिक्री गर्न प्रतिबन्ध लगाएको छ।

यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका बागबजारका दुई जनामा ५ गते हैजा पुष्टि भएको थियो। दैनिक हैजाका बिरामी भेटिन थालेपछि सरकारले अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved