पर्यटन बोर्डको बैठक बस्दै, सीईओ निलम्बन गर्ने प्रमुख एजेन्डा

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको आजको बैठकले बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) निलम्बन गर्ने प्रमुख एजेन्डा तय गरेको छ।

नेपालभ्युज

पर्यटन बोर्डको बैठक बस्दै, सीईओ निलम्बन गर्ने प्रमुख एजेन्डा

काठमाडौं। नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको आजको बैठकले बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) निलम्बन गर्ने प्रमुख एजेन्डा तय गरेको छ। भन्सारका कर्मचारीमाथि हातपात गरेकोसहितका विषयले विवादमा तानिएका बोर्डका सिइओ डा. धनञ्जय रेग्मीलाई निलम्बन गर्ने चर्चा छ।

पर्यटन बोर्ड सञ्चालक समितिका एक उच्च अधिकारीका अनुसार यस अघि बोर्डले नै छानबिन गरेको थियो। सीईओलाई स्पष्टीकरण सोधेको, सीईओले बोर्डभित्र अनियमितता गरेको, सुन तस्करमा सहभागी भएको, भन्सारका कर्मचारीमाथि हातपात गरेकोसहितका विषयले बोर्डका सिइओ डा. रेग्मी विवादमा छन्।

बोर्ड सञ्चालक समितिले उनीमाथि लागेको आरोप छानबिन गर्न खोज्दा रोक्ने, स्पष्टीकरण नदिने र पर्यटन बोर्ड सञ्चालकले बोर्डकै ऐनभित्र रहेर काम गर्न खोज्दासमेत पटक पटक रोक्ने काम गरेका थिए ।
बैठकमा बहुमत पुगेको अवस्थामा सिइओ रेग्मी हट्ने दाबी बोर्डकै एक उच्च अधिकारीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved