सम्पत्ति शुद्धीकरणबारे भारतीय कांग्रेसका नेता राहुललाई चौथो पटक सोधपुछ हुँदै

भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले यसअघि पनि गान्धीलाई न्याशनल हेराल्ड केशमा यसअघि तीन पटक सोधपुछ गरिसकिएको छ।

नेपालभ्युज

सम्पत्ति शुद्धीकरणबारे भारतीय कांग्रेसका नेता राहुललाई चौथो पटक सोधपुछ हुँदै

एजेन्सी। भारतीय कांग्रेस नेता राहुल गान्धीमाथि लागेको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सोमबार पनि सोधपुछ हुने भएको छ। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले यसअघि पनि गान्धीलाई न्याशनल हेराल्ड केशमा यसअघि तीन पटक सोधपुछ गरिसकिएको छ।

गान्धीलाई शुक्रबार नै चौथो पटकको सोधपुछका लागि ईडीले बोलाएको थियो। तर कांग्रेस अध्यक्षसमेत रहेकी उनकी आमा कोभिड सम्बन्धी समस्याका कारण अस्पतालमा भर्ना भएकाले आफू आमालाई भेट्न जानुपर्ने बताउँदै गान्धीलाई सोमबारका लागि सोधपुछको मिति सार्न अनुरोध गरेका थिए।

गान्धी विरुद्ध यसअघि भएका तीन पटकको सोधपुछका क्रममा उनको पार्टीले शक्ति प्रदर्शन गरेको थियो। गान्धीमाथि लगाइएको आरोप झुट्टा भएको दाबी गर्दै भारतीय कांग्रेसले राजधानी दिल्ली लगायतका स्थानमा प्रदर्शनको आयोजना गरेको थियो।

भारतको प्रतिपक्ष दलसमेत रहेको कांग्रेसले यो पटक भने प्रदर्शनको आफ्नो रणनीतिलाई बदल्ने निर्णय गरेको छ। पार्टीले आइतबार मात्रै दिल्लीको जन्तरमन्तरमा प्रदर्शनको आयोजना गरेको थियो।

केन्द्रीय सरकारले सेनामा भर्ना हुने युवाका लागि भन्दै ल्याएको अग्निपथ योजनाको विरोधमा दिल्ली सहितका ११ राज्यमा युवाहरु प्रदर्शनमा उत्रिएको माहोलमा कांग्रेसले जन्तरमन्तरमा प्रदर्शनीको आयोजना गर्दै सरकारको विरोध गरेको थियो।

आफ्नो नेतालाई बिनाकसुर आरोप लगाएको भन्दै कांग्रेसले सत्ता रुढ दल भारतीय जनता पार्टीले प्रतिशोधको राजनीति गरेको बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved