बर्दिया जिससमा कांग्रेसको प्यानलै निर्विरोध

प्रमुखसँगै जिसस उपप्रमुख र सात सदस्यमा पनि कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

नेपालभ्युज

बर्दिया जिससमा कांग्रेसको प्यानलै निर्विरोध

बर्दिया। अन्य दलको उम्मेदवारी नपरेपछि जिल्ला समन्वय समिति बर्दियाको प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन्। जिसस उपप्रमुख र सात सदस्यमा पनि कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

जिसस उपप्रमुखमा अमिताकुमारी यादव तथा सदस्यमा विनय राजभण्डारी, तीर्थप्रसाद जैसी, पुरैलाल थारू, सुनिता नेपाली, छवि भाट, विमला थारू र खगिसरा कामी विक निर्विरोध निर्वाचित भएका हुन्।

आठ स्थानीय तह रहेको बर्दियामा पाँचमा कांग्रेस विजयी भएको थियो। गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाको प्रमुख–उपप्रमुख तथा ठाकुरबाबा नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी भएको थियो।

राजापुर नगरपालिकाको प्रमुख–उपप्रमुख र बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको थियो।

बाँसगढी नगरपालिकाको प्रमुख–उपप्रमुख, ठाकुरबाबा नगरपालिकाको उपप्रमुख र बढैयाताल गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमाले विजयी भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved