आजबाट मतदाता नामावली संकलन शुरु

बुधबारबाट मतदाता नामावली संकलन शुरु हुँदैछ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले नामावली संकलन शुरु गर्न लागेको हो।

नेपालभ्युज

आजबाट मतदाता नामावली संकलन शुरु

काठमाडौं। आज १ असार बुधबारबाट मतदाता नामावली संकलन शुरु हुँदैछ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले नामावली संकलन शुरु गर्न लागेको हो।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति निकट भविष्यमा घोषणा हुने सम्भावना रहेकाले सो घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ।

पेसा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने आयोगले जानकारी दिएको छ।

आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै आयोगले बुधबारबाट मतदाता नामावली संकलन गरिने र योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरिसकेको छ।

आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved