संघीय निर्वाचन मंसिरमा गर्ने समझदारी भएको छ : प्रचण्ड

नेपालभ्युज

संघीय निर्वाचन मंसिरमा गर्ने समझदारी भएको छ : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्ने गठबन्धनमा समझदारी भएको बताएका छन्।

बर्दियामा आयोजित पार्टीको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर पहिलो साता हुने सम्भावना रहेको बताएका हुन्।

उनले भने, ‘‘निर्वाचन मंसिर पहिलो साता हुने बढी सम्भावना छ। एकै चरणमा निर्वाचन गर्ने कि दुई चरणमा गर्ने भन्नेबारे भने निर्णय भइसकेको छैन। तर एकै चरणमा हुने सम्भावना बढी छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved