बजेटप्रति पर्यटनमन्त्री असन्तुष्ट : निजगढ एयरपोर्ट दाँत फुकालेर बन्छ ?

‘‘एयरपोर्ट बन्छ भन्नेहरुलाई म भन्न चाहन्छु, आजबाट यस्ता कुरा नगरौँ’’, पर्यटनमन्त्री प्रेमबहादुर मन्त्री आलेले भने।

नेपालभ्युज

बजेटप्रति पर्यटनमन्त्री असन्तुष्ट : निजगढ एयरपोर्ट दाँत फुकालेर बन्छ ?

काठमाडौैं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सरकारको बजेटप्रति असन्तुष्टि जनाएका छन्।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री आलेले सरकारले आगामी आर्थिक वर्षका लागि छुट्याएको बजेटले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबन्ने धारणा राखे।

सरकारले छुट्याएको २६ करोड बजेटले अन्तर्राष्ट्रिय विमानस्थल नबन्ने उनको भनाइ छ।

‘‘निजगढ विमानस्थल बनाउन एक खर्ब २० अर्बको लागत अनुमान छ। बजेट भने २६ करोड दिने रे! यतिमा बन्छ ? के दाँत फुकालेर बन्छ एयरपोर्ट ? एयरपोर्ट बन्छ भन्नेहरुलाई म भन्न चाहन्छु, आजबाट यस्ता कुरा नगरौँ’’, मन्त्री आलेले भने।

मन्त्री आलेले विमानस्थल निर्माणमा ३ खर्ब खर्च भइसकेको भन्दै अदालतले यसमा हस्तक्षेप गर्नु उचित नभएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved