भारतको केरला र महाराष्ट्रमा कोरोनाकाे सबैभन्दा धेरै संक्रमण

भारतमा फेरि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। भारतको केरला र महाराष्ट्रमा सबैभन्दा धेरै संक्रमण फैलिरहेको हो।

नेपालभ्युज

भारतको केरला र महाराष्ट्रमा कोरोनाकाे सबैभन्दा धेरै संक्रमण

काठमाडौं। भारतमा फेरि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। भारतको केरला र महाराष्ट्रमा सबैभन्दा धेरै संक्रमण फैलिरहेको हो। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले ३४ दिनपछि फेरि संक्रमण बढेर सङ्क्रमितको सङ्ख्या एक प्रतिशतभन्दा धेरै पुगेको जनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। महाराष्ट्रमा हिजो १ हजार ४ सय ९४ जनालाई सङ्क्रमण भएको पुष्टि भएको छ।

यस्तै, तमिलनाडु, मुम्बई, दिल्ली र राजस्थानलगायत क्षेत्रमा पनि  सङ्क्रमण फैलिन थालेको खबरमा उल्लेख छ। राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले सङ्क्रमण बढिरहेकाले सावधानी अपनाउन अपिल गर्नु भएको छ। भारतमा हिजो ४ हजार २ सय ७० जनालाई सङ्क्रमण भएको पुष्टि भएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved