नेपालीको औसत आयु कम भएकाले वृद्धभत्ता ६८ मा : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै कम भएका कारण वृद्धभत्ता पाउने उमेर ६८ मा झारिएको स्पष्ट पारेका छन्।

नेपालभ्युज

नेपालीको औसत आयु कम भएकाले वृद्धभत्ता ६८ मा : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै कम भएका कारण वृद्धभत्ता पाउने उमेर ६८ मा झारिएको स्पष्ट पारेका छन्।

शुक्रबार प्रतिनिधिसभामा बजेट छलफलमा सहभागी सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले कमजोर तथा विपन्न वर्गको आयु कम हुने गरेको पाइएको भन्दै त्यसलाई समेत सामाजिक सुरक्षामा ल्याउने उद्देश्यले भत्ताको उमेर फेरबदल गरिएको बताए।

‘‘योजना आयोगले तयार गरेको आर्थिक योजना अन्तर्गतको तथ्यांकअनुसार नेपालको औसत आयु ६९ दशमलव ७ प्रतिशत छ। कमजोर तथा विपन्न वर्गको आयु कम नै हुने गरेको पनि पाइएकाे छ’’, उनले भने, ‘‘त्यसलाई पनि सामाजिक सुरक्षामा ल्याउने उद्देश्यका साथ ६८ वर्ष बनाइएको हाे।’’

यसअघि ७० वर्षमा वृद्धभत्ता दिइँदै आएकोमा नयाँ बजेटमा सरकारले मापदण्ड घटाएर ६८ वर्ष तोकेको हाे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved