एन्फा निर्वाचन : भौचर ढिला बुझाएपछि दुई जनाको उम्मेदवारी रद्द

समितिका अनुसार एन्फाको आसन्न निर्वाचनमा अध्यक्षका लागि तीन, वरिष्ठ उपाध्यक्षका लागि दुई, उपाध्यक्षका लागि ८, खुल्ला केन्द्रिय सदस्यका लागि ३६ र महिला सदस्यका लागि ५ जनाको उम्मेदवारी परेको छ।

नेपालभ्युज

एन्फा निर्वाचन : भौचर ढिला बुझाएपछि दुई जनाको उम्मेदवारी रद्द

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्य पदमा उम्मेदवारी दिएका दुई जनाको उम्मेदवारी रद्द भएको छ। एन्फा निर्वाचन समितिले उनीहरुको उम्मेदवारी रद्द गरेको हो।

मनोनयन दर्ता शुल्क ढिला बुझाएपछि उनीहरुको उम्मेदवारी रद्द भएको हो। निर्वाचन समितिले दुवै उम्मेदवारले तोकिएको समयभन्दा ढिला भौचर बुझाएका कारण उम्मेदवारी रद्द भएको जनाएको छ।

उम्मेदवारी रद्द हुनेमा कार्यसमिति सदस्य पदका उम्मेदवार सम्भु सिंह ठकुरी र रमेश श्रेष्ठ रहेका समितिले जनाएको छ। गत ६ देखि १२ जेठसम्म पनि भौचर नबुझाएपछि एन्फाको अडिट एण्ड कम्प्लाइन्स कमिटीले नमिल्ने बताएपछि उनीहरुको उम्मेदवारी रद्द भएको समितिले जनाएको छ।

समितिका अनुसार एन्फाको आसन्न निर्वाचनमा अध्यक्षका लागि तीन, वरिष्ठ उपाध्यक्षका लागि दुई, उपाध्यक्षका लागि ८, खुल्ला केन्द्रिय सदस्यका लागि ३६ र महिला सदस्यका लागि ५ जनाको उम्मेदवारी परेको छ।

एन्फा नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङले प्यानल बनाएरै उम्मेदवारी दिएका छन्। यस्तै, फ्रेन्ड्स क्लबका राजिव पौडेल पनि अध्यक्षमा उम्म्ेदवारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved