बजेट गफै त हो नि सम्धी जस्तो : पद्मा अर्याल

नेपालभ्युज

बजेट गफै त हो नि सम्धी जस्तो : पद्मा अर्याल

काठमाडौं। नेकपा एमालेकी सांसद पद्मा अर्यालले बजेट ‘गफै त हो नि सम्धी जस्तो’ भएको बताएकी छन्। प्रतिनिधिसभा बैठकमा जारी बजेटमाथिको छलफलमा उनले बजेटमा बजेट नभएको गफै मात्र भएको टिप्पणी गरिन्।

उनले कार्यक्रम नै कार्यक्रम बजेटमा राखिएकोमा तिनको कार्यान्वयन सम्भव नभएको बताइन्। कार्यक्रम राखिए पनि कार्यन्वयनका लागि ती विषयमा बजेट नछुट्टाएको भन्दै उनले बजेट ‘गफै त हो नि सम्धी जस्तो’ भएको दोहोर्‍याइन्।

उनले बजेटमा गफ मात्र नभएर पूर्वाग्रहीपूर्ण पनि भएको बताइन्। सिद्धार्थ राजमार्ग र कोहलपुर राजमार्गलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नत्ति गर्नेगरी अघिल्लो सरकारले बजेट छुट्टाए पनि अहिले उक्त कार्यक्रम नै नसमेटिएकोमा उनले आपत्ति जनाइन्।

‘‘अघिल्लो सरकारको पालामा सिद्धार्थ राजमार्ग र कोहलपुर राजमार्ग डेडिकेटेड दुई लेनमा स्तरउन्नतिका लागि ७ अर्ब बजेट विनियोजन गरेर परियोजनाको डीपीआर बनिसकेको छ, ठेक्का गर्न सकिने अवस्थामा पुगेको छ,” उनले भनिन्, ‘‘अहिले बजेट नै छुट्टाइएन, यो सम्बोधन किन भएन ? कता गयो?”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved